global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ भेनेजुएलाका राष्ट्रिय सभाका उपाध्यक्षलाई जेलमा राख्न अदालतकाे आदेश

भेनेजुएलाका राष्ट्रिय सभाका उपाध्यक्षलाई जेलमा राख्न अदालतकाे आदेश

भेनेजुएलाका राष्ट्रिय सभाका उपाध्यक्षलाई जेलमा राख्न अदालतकाे आदेश

भेनेजुएलाको एउटा विशेष अदालतले राष्ट्रिय सभाका उपाध्यक्षलाई जेलमा राख्न आदेश दिएको छ । सर्वोच्च अदालतले शुक्रबार दिएको जानकारी अनुसार ‘आतङ्कवादसम्बन्धी’ क्रियाकलापमा संलग्न भएको आरोपमा उपाध्यक्ष इड्गार जाम्ब्रानोलार्ई जेल हाल्न आदेश दिइएको हो ।

गत अप्रिल ३० मा विपक्षी नेता हुवान गुएइदो, उपाध्यक्ष जाम्ब्रानोसहित विपक्षी समूहले सरकार विरुद्ध उत्रिन आह्वान गरेका थिए। उनीहरूले राष्ट्रपति निकोलस मुदुरोलाई पदमुक्त गराउन पनि आग्रह गरेका थिए ।

त्यसपछि उपाध्यक्ष जाम्ब्रानोलगायत राष्ट्रिय सभाका केहीलाई सरकारी सुरक्षा अधिकारीहरूले अनुसन्धान अगाडि बढाएका थिए । रासस

त्यही अनुसन्धानकर्ताहरूको सिफारिसका आधारमा अदालतले उनलाई काराबास राख्न आदेश दिएको हो।

प्रकाशित समय : २०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु