global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ प्रधानमन्त्री ओलीको शल्यक्रिया सकियो, केही दिन अस्पतालमै बस्नुपर्ने

प्रधानमन्त्री ओलीको शल्यक्रिया सकियो, केही दिन अस्पतालमै बस्नुपर्ने

प्रधानमन्त्री ओलीको शल्यक्रिया सकियो, केही दिन अस्पतालमै बस्नुपर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आज बिहान सो सेन्टरमा भर्ना भएका थिए । उनलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि चिकित्सकले शल्यक्रिया गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओली अझै केही दिन अस्पतालमै बस्नुपर्ने चिकित्सकहरूले बताएका छन् ।

प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी लगायतको टोली प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेका थिए । चिकित्सकका अनुसार एपेन्डिसाइटिस भएमा जतिसक्यो चाँडो यसको शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गाैलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।

प्रकाशित समय : १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु