गृहपृष्ठ तास्मानियासँग नेपाल ‘ए’ दुई विकेटले पराजित
तास्मानियासँग नेपाल ‘ए’ दुई विकेटले पराजित
तास्मानियाविरुद्धको पहिलो ५० ओभरको अभ्यास खेलमा नेपाल ‘ए’ दुई विकेटले पराजित भएको छ। १९३ रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको तास्मानियाले ४९.२ ओभरमा आठ विकेट गुमाएर लक्ष्य भेटायो।
तास्मानियाका लागि गाबे बेलले सर्वाधिक ६० रन बनाए। राफ म्याकमिलनले ३२ तथा विल प्रेस्टविजले २३ रनको योगदान दिए। नेपालका लागि दीपक डुम्रेले र शाहब आलमले समान २ विकेट लिए। यस्तै आकाश चन्द, रिजन ढकाल र पवन सर्राफले समान १ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङको लागि मैदानमा उत्रिएको नेपाल ४३.३ ओभरमा मात्र १९२ रनमा समेटिएको थियो।
नेपाल ‘ए’ का लागि त्रितराज दासले सर्वाधिक ३७ रन बनाए। उनले ६३ बलमा ३ चौका र १ छक्का प्रहार गरे। मायन यादवले ३२ तथा कुशल मल्लले २९ रनको योगदान दिए। दीपक डुम्रेले १८ रन बनाउँदा पवन सर्राफ २२ रनमा अविजित रहे। लोकेश बमले ११ रन जोडे।
तास्मानियाका बिली स्टानलेकले ४ विकेट लिए। विल प्रेस्टविज र राफ म्याकमिलनले समान २ विकेट लिँदा लाचलान क्लार्कले एक विकेट हात पारे।
प्रकाशित समय : १४:१९ बजे


















