गृहपृष्ठ गरिमा विकास बैंकले एकैसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा ल्यायो

गरिमा विकास बैंकले एकैसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा ल्यायो

गरिमा विकास बैंकले एकैसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा ल्यायो

नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा गरिमा विकास बैंक लिमिटेडले एकैसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्दै ग्राहकलाई सहज, सुरक्षित र आधुनिक सेवा उपलब्ध गराउने उद्देश्यले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल र गरिमा इन्टरबैंक क्यूआर टेलर सेवा सार्वजनिक गरेको हो।

गरिमा प्रिपेड डलर कार्डमार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा अनलाइन भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।

त्यस्तै, गरिमा पीओएस टर्मिनलमार्फत व्यवसायी तथा व्यापारीले डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट सुरक्षित तथा छिटो डिजिटल भुक्तानी लिन सक्नेछन्। यसले नगदरहित कारोबारलाई थप प्रवर्द्धन गर्ने बैंकको अपेक्षा छ।

बैंकले सुरु गरेको गरिमा इन्टरबैंक क्यूआर टेलर सेवामार्फत फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइलबाट क्यूआर स्क्यान गरी गरिमा विकास बैंकका जुनसुकै शाखाबाट नगद प्राप्त गर्न सक्नेछन्।

डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेको बैंकले आगामी दिनमा पनि प्रविधिमा आधारित नयाँ सेवा विस्तार गर्दै जाने जनाएको छ।

हाल बैंकले देशभर १२६ शाखा, ५१ एटिएम तथा डिजिटल इकोसिस्टममार्फत करिब ९ लाख ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु