global ime bank Long Banner Ad

गृहपृष्ठ चार कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

चार कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

चार कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट यस वर्ष चार कृषकलाई पुरस्कृत गरेको छ ।

कृषिकर्मका माध्यमबाट महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै थप चार जनालाई सम्मान गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले जानकारी दिए ।

पुरस्कृत हुनेमा नौगाड गाउँपालिका–२, दार्चुलाका धनसिंह सितोली, घोडाघोडी नगरपालिका–२, कैलालीका मनोज खनाल, चुरे गाउँपालिका–१, कैलालीकी रिताकुमारी देउवा र वेदकोट नगरपालिका–५, कञ्चनपुरका कलुवा कामी रहेको छन ।

उनहरुलाई आज धनगढीमा आयोजित एक कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले जनही ७५ हजार र सम्मानपत्रसहित पुरस्कृत गरे ।

पुरस्कृत कृषकमध्ये वेदकोटका कामीले तीन बिघामा तथा दार्चुलाका सितोलीले १५ रोपनी जग्गामा व्यावसायिक तरकारीखेती गरिरहेको छन । कैलालीकी देउवाले फलफूलखेती र सुन्तलाका बोट उत्पादन गर्दै आउनुभएको छ भने घोडाघोडीका खनालले व्यावसायिक रुपमा १७ बिघामा माछापालन गर्दै आउनुभएको छ । उहाँले वार्षिक रुपमा करिब ५०० मेट्रिकटन माछा उत्पादन गरिरहेको छन ।

कार्यक्रममा मन्त्री थापाले तत्कालीन समयमा ‘कि त जोत हलो, नत्र छोड थलो’, ‘जसको जोत उसकै पोत’ भन्ने क्रान्तिकारी किसान नेता भीमदत्त पन्तका नाममा स्थापित पुरस्कार प्राप्त गर्नु किसानका लागि गौरवको विषय भएको बताए । उनले पुरस्कार प्राप्त किसानले थप उत्साहका साथ काम गरी अन्य व्यक्तिलाई पनि कृषितर्फ लाग्न अभिप्रेरित गर्नुपर्नेमा जोड दिए ।

हरेक वर्ष प्रदेश सरकारले कृषिलाई सम्मानित पेसाका रुपमा विकास गर्ने ध्येयसहित किसानलाई पुरस्कार एवं सम्मान गर्दै आएको छ ।

उनले भने “किसान अन्नदाता हुन्, त्यसैले उनहरुको सम्मान आवश्यक छ । साथै उत्पादन लागत घटाउन प्रविधिको प्रयोग, जलवायुसँग अनुकूलित हुने कृषि प्रणालीको अभ्यास र उत्पादनको बजारीकरणका लागि सरकारले काम गर्छ । सबै मिलेर कृषिमार्फत देश विकासको आधार निर्माण गर्नुपर्छ ।”

मन्त्रालयका सचिव साहले कृषिबाटै सम्मानित जीवन र देशको कुल गार्हस्थ उत्पादनमा पनि बढी योगदान दिनेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

पुरस्कृत किसानले प्रदेश सरकारले विगत वर्षदेखि नै किसानलाई सम्मान र हौसला प्रदान गर्दै आएकामा खुसी व्यक्त गरे ।

असार १५ गते जिल्ला तथा आर्थिक वर्षभित्र जिल्लामा छनोट भएका उत्कृष्ट कृषकमध्येबाट प्रदेश तहमा पुरस्कृत गरिँदै आएको छ ।

प्रकाशित समय : १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु