global ime bank Long Banner Ad

गृहपृष्ठ कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। यसअघि विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै बिक्रीमा राखिएको उक्त सेयरमा आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा कम्पनीलाई समेत खरिदको अवसर दिएको हो।

बैंकका अनुसार इच्छुक व्यक्ति तथा संस्थाले आजदेखि उक्त संस्थापक सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ। आवेदनमा खरिद गर्न चाहेको सेयर संख्या स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीहरूका लागि ३५ दिने सूचना प्रकाशित गरी सेयर बिक्री प्रक्रिया अघि बढाएको थियो। तर, तोकिएको अवधिमा कुनै आवेदन प्राप्त नभएपछि प्रचलित व्यवस्था अनुसार सर्वसाधारण व्यक्ति तथा कम्पनीहरूका लागि सेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ।

प्रकाशित समय : ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु