global ime bank Long Banner Ad

गृहपृष्ठ बाँकेमा हुलाकी सडक विस्तार हुँदै

बाँकेमा हुलाकी सडक विस्तार हुँदै

बाँकेमा हुलाकी सडक विस्तार हुँदै

नेपालगञ्ज । बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका–३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ ।

कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले राजमार्गको दाङ, बाँके र बर्दिया खण्डको ७५ किलोमिटर सडकमध्ये करिब ३६ किलोमिटर मार्गको ट्रयाक खोल्नुपर्ने र त्यसमा करिब २० वटा पुल निर्माण हुने बताए । जसअन्तर्गत दाङतर्फ २२ किलोटिर सडक र १७ वटा पुलसहित रु २९ अर्ब स्रोत सुनिश्चत भएको उनले जानकारी दिए।

कार्यालय प्रमुख भण्डारीले भन्े, “अधिकांश सडकका लागि टेण्डर हुने प्रक्रियामा छ । परियोजनामार्फत अबको तीन वर्षमा दाङ, बाँके र बर्दियामा काम सम्पन्न हुनेछ । यस सडकले महेन्द्र राजमार्गको वैकल्पिक मार्गको काम गर्नेछ । यसको मूल उद्देश्य नै जिल्ला सदरमुकाममा पूर्वदेखि पश्चिमसम्म जोड्ने हो, जसले पिछडिएका क्षेत्र र स्थानीय समुदायलाई विकासको मूल धारमा ल्याउन ठूलो मद्दत पुग्ने हाम्रो विश्वास छ ।”

सडक विस्तारका लागि करिब १५ किलोमिटर घना जङ्गल पर्ने जनाइएको छ । रुखको अवस्थाबारे जानकारी प्राप्त गरेको र त्यस क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङकन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) को काम सम्पन्न भइसकेको छ । सडकको चौडाइ १२ मिटर रहने र नौ मिटर अस्फाल्ट प्रविधिमा कालोपत्र गरिने छ । निर्देशनालयका अनुसार यही असार ३१ गतेसम्म सूचना प्रकाशनपछि असोज महिनाबाट सडकको काम सुरु हुनेछ ।

हुलाकी राजमार्ग यस क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मेरुदण्ड र पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा रहने छ । समाजसेवी पोषण केसीले गुणस्तरीय सडकको अभावमा वर्षौंदेखि यहाँका ग्रामीण क्षेत्र विकासमा पछाडि परेको भन्दै सडक बनेमा त्यहाँका जनताको जीविकोपार्जनमा निकै सघाउ पुग्ने बताउछन । “सडक बनेपछि आर्थिक तथा सामाजिक रुपमा यो क्षेत्रको कायापलट हुने विश्वास छ”, उनले भने ।

राप्तीसोनारी गाउँपालिका–१ का अध्यक्ष यमबहादुर खड्काले हुलाकी सडक विस्तार हुने खबरले यस क्षेत्रका जनतामा खुसियाली छाएको बताए । उनले सडक बनेमा ग्रामीण क्षेत्रका कृषिउपजको बजारीकरण, शिक्षा, स्वास्थलगायत सेवामा पहुँच विस्तार हुने बताए ।

प्रकाशित समय : १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु