२०८३ जेठ २३ गते शनिवार | June 06, 2026

logo
  • गृहपृष्ठ
  • अर्थजगत
    • अर्थ समाचार
    • सेयर
    • बैंक/वित्त
    • कर्पोरेट
    • अटो
    • बिमा
    • पर्यटन
  • राजनीति
  • दृष्टिकोण
    • सम्पादकीय
    • विचार
    • संवाद
    • ब्लग
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • कला/शैली
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • सूचना/प्रविधि
  • विश्व
  • English
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी | दार्चुलामा रक्तदाता समूह पहिचान अभियान दार्चुलामा रक्तदाता समूह पहिचान अभियान | रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने | एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने | परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता | विश्व वातावरण दिवसमा ‘हरित काव्य गोष्ठी’ विश्व वातावरण दिवसमा ‘हरित काव्य गोष्ठी’ | ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु | सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब  सङ्कलन सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन | पाँचखपन-चैनपुर सडक अवरुद्ध पाँचखपन-चैनपुर सडक अवरुद्ध | देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना
global ime bank Long Banner Ad
global ime bank Long Banner Ad

गृहपृष्ठ औषधी अभाव तत्काल हटाउन र कम्पनीहरूको नियमन गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

औषधी अभाव तत्काल हटाउन र कम्पनीहरूको नियमन गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

  • न्यूज काराेबार
  • जेठ २३, २०८३
  • काठमाडाैं
528
Shares
औषधी अभाव तत्काल हटाउन र कम्पनीहरूको नियमन गर्न स्वास्थ्य मन्त्रीको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधी व्यवस्था विभाग र राष्ट्रिय औषधी प्रयोगशालाको स्थलगत भ्रमण गरेकी छन् ।

शुक्रबार गरिएको उक्त भ्रमणका क्रममा मन्त्री मेहताले दुवै निकायको विद्यमान अवस्था, सेवा प्रवाह र समस्याहरूको बारेमा स्थलगत निरीक्षण गर्नुका साथै उच्च अधिकारीहरूसँग छलफल समेत गरेकी हुन् ।

छलफलका क्रममा मन्त्री मेहताले औषधी आपूर्ति प्रणालीलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउनका लागि विभिन्न महत्वपूर्ण निर्देशिकाहरू जारी गरेकी छन् ।

हाल बजारमा केही अत्यावश्यक औषधीहरूको अभाव देखिएको जनगुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले आपूर्ति र व्यवस्थापनलाई सहज बनाउन तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकी छन् ।

यसैगरी, हालसम्म औषधी आपूर्ति र वितरणको अनुमति प्राप्त गरिसकेका तर बजारमा नियमित रूपमा औषधी आपूर्ति नगर्ने आपूर्तिकर्ताहरूमाथि तत्काल नियमनको कार्य अगाडि बढाउन समेत विभागलाई सचेत गराएकी छन् । उनका अनुसार अनुमति लिएर पनि जिम्मेवारीपूर्वक आपूर्ति नगर्ने कम्पनीहरूलाई कानुनी दायरामा ल्याइने मन्त्रालयको तयारी छ ।

नयाँ औषधी आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन र आवश्यक कागजात पेस गरेर पनि लामो समयदेखि प्रक्रियामा अल्झिएका वा अनुमति पाउन नसकेका कम्पनीहरूको हकमा मन्त्री मेहताले विशेष चासो राखेकी छन् ।

त्यस्ता कम्पनीहरूको तत्काल स्थलगत निरीक्षण तथा आवश्यक जाँचबुझ गरी बाँकी प्रक्रियालाई गति दिन विभागलाई निर्देशित गरिएको छ ।

औषधी व्यवस्था विभागको समग्र नियमन क्षमता अभिवृद्धि गर्न सबै प्रकारका चाल्नुपर्ने कदमहरूको आवश्यक तयारी थाल्न समेत मन्त्री मेहताले जोड दिएकी छन् ।

औषधी आपूर्ति र यसको व्यवस्थापनलाई सहज, पारदर्शी र गुणस्तरीय बनाउन आपूर्ति अनुमति (लाइसेन्स) प्रदान गर्ने कार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनको जोड थियो । यसका लागि तत्काल गर्नुपर्ने सुधारहरू, आवश्यक पर्ने थप स्रोतसाधन तथा जनशक्तिको स्पष्ट विवरण तयार पारी तुरुन्त मन्त्रालयमा पेस गर्न उनले निर्देशन गरेकी छन् ।

नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले नेपाल सरकारद्वारा निःशुल्क रूपमा वितरण गरिने औषधीहरू र स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सर्वसाधारणलाई उपलब्ध गराइने औषधीहरूको गुणस्तरमा कुनै सम्झौता नहुने प्रष्ट पारेकी छन् ।

त्यस्ता औषधीहरूको गुणस्तर परीक्षणलाई विशेष जोड दिने गरी राष्ट्रिय औषधी प्रयोगशाला र विभागले आवश्यक व्यवस्थापन मिलाउनुपर्ने निर्देशनमा उल्लेख छ ।

प्रकाशित समय : १४:११ बजे

 

पछिल्लाे - दुई महिना १० दिनमा सञ्चारमन्त्री : सुधारका एजेन्डा अघि बढे, तर नतिजा अझै परीक्षणमै
अघिल्लाे - सुशीला कार्कीले भनिन्, ‘म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, साहित्यप्रेमी पनि हुँ’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी

बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी

दार्चुलामा रक्तदाता समूह पहिचान अभियान

दार्चुलामा रक्तदाता समूह पहिचान अभियान

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

विश्व वातावरण दिवसमा ‘हरित काव्य गोष्ठी’

विश्व वातावरण दिवसमा ‘हरित काव्य गोष्ठी’

  • ताजा
  • लाेकप्रिय
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी

बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी

दार्चुलामा रक्तदाता समूह पहिचान अभियान

दार्चुलामा रक्तदाता समूह पहिचान अभियान

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन...

परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच...

विश्व वातावरण दिवसमा ‘हरित काव्य गोष्ठी’

विश्व वातावरण दिवसमा ‘हरित काव्य गोष्ठी’

अरु समाचार
इलाम समाज हङकङले सार्वजनिक गर्यो ‘इलाम’, जिल्लाको विकासमा अझै काम गर्ने प्रतिवद्धता

इलाम समाज हङकङले सार्वजनिक गर्यो ‘इलाम’, जिल्लाको...

प्रधानमन्त्री वालेन्द्रको अभिव्यक्तिले तरंगित राजनीति

प्रधानमन्त्री वालेन्द्रको अभिव्यक्तिले तरंगित राजनीति

सारथी’ को छायांकन सकियो

सारथी’ को छायांकन सकियो

श्रीलङ्काविरिुद्ध नेपालका ‘प्लेइङ एघार’ खेलाडीको नाम सार्वजनिक

श्रीलङ्काविरिुद्ध नेपालका ‘प्लेइङ एघार’ खेलाडीको नाम सार्वजनिक

लोकबेसमा आधारित गीतप्रति नेपालीको मोह अझै कायम छ : रोशन गुरुङ

लोकबेसमा आधारित गीतप्रति नेपालीको मोह अझै कायम...

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर...

अरु समाचार

हाम्राे टिम

अध्यक्ष

लक्ष्मी श्रेष्ठ

विशेष क्याटेगाेरी

  • समाचार
  • राजनीति
  • समाज
  • दृष्टिकोण
  • अर्थजगत
  • शिक्षा/स्वास्थ्य
  • विश्व
  • खेलकुद
  • कला/शैली
  • सूचना/प्रविधि

महत्वपूर्ण लिङ्कहरु

  • हाम्राे बारेमा
  • सम्पर्क
  • विशेष
  • English

सम्पर्क

मुख्य कार्यालय

कौशलटार, भक्तपुर, नेपाल

०१-५१३३०६०

कर्पाेरेट कार्यालय

मध्य बानेश्वर, काठमाडौँ

०१-४४७१४६८, ४४७८१३१

nkarobar@gmail.com

www.newskarobar.com

logologo

नेपाल समाचार केन्द्र प्रा. लि.

सूचना बिभाग दर्ता नं. ४६४-२०७४/०७५

© 2026 सर्वाधिकार सुरक्षित | www.newskarobar.com

Developed by MultiTech