गृहपृष्ठ छानबिन समितिद्वारा सुदन गुरूङसम्बन्धी प्रतिवेदन सरकारलाई बुझाइयो
छानबिन समितिद्वारा सुदन गुरूङसम्बन्धी प्रतिवेदन सरकारलाई बुझाइयो
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा तत्कालीन गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।
छानबिन समितिका संयोजक पूर्वन्यायाधीश अच्युत प्रसाद भण्डारीले तोकिएको समयअगावै प्रतिवेदन बुझाइएको जानकारी दिएका छन्। उनका अनुसार ४५ पेजको प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहलाई बुझाइएको हो।
समिति संयोजक भण्डारीले सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिवेदन यथाशीघ्र जस्ताको तस्तै सार्वजनिक गर्न आग्रह गरिएको बताए।
यसअघि स्रोत नखुलेको करोडौं सम्पत्तिको विषयमा विवादमा परेका गुरूङले पदबाट राजीनामा दिन बाध्य भएको उल्लेख गरिएको छ। राजीनामा पछि भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो।
प्रकाशित समय : १५:४५ बजे



















