global ime bank Long Banner Ad

गृहपृष्ठ हिमालयन उद्दार सङ्घको अध्यक्षमा डम्बर पराजुली निर्वाचित

हिमालयन उद्दार सङ्घको अध्यक्षमा डम्बर पराजुली निर्वाचित

हिमालयन उद्दार सङ्घको अध्यक्षमा डम्बर पराजुली निर्वाचित

काठमाडौँ ।हिमालयन उद्दार सङ्घको अध्यक्षमा डम्बर पराजुली निर्वाचित भएको छन । सङ्घको आज सम्पन्न अधिवेशनले पराजुलीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा सुशीलकृष्ण अधिकारी, महासचिवमा प्रयुश न्यौपाने, कोषाध्यक्षमा तुलसी गुरुङ, सदस्यमा ज्ञानेन्द्रकुमार श्रेष्ठ, विकास शाह रैनियार, डा सुभास दवाडी, नरबहादुर अस्तानी र दावा स्टिभेन शेर्पा भएका छन ।

यस्तै, संस्थागत सदस्यमा थामसेर्कु ट्रेकिङ प्रालिका डा यादव अधिकारी र मोनतेरोसा ट्रेक्स एण्ड एक्सपिडीसन प्रालिका गणेशबहादुर न्यौपाने निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कुमारप्रसाद घिमिरेले जानकारी दिए ।

नेपालका हिमाली क्षेत्रमा पर्यटक तथा पदयात्रीको स्वास्थ्य र सुरक्षाका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको सङ्घले सोलुखुम्बुको सगरमाथा आधार शिविर, फेरिचे, मनाङको मनाङ गाउँ र जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाईकुण्डमा हेल्थ क्याम्प राखेर स्वास्थ्य उपचार गर्दै आएको छ ।

सङ्घले सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वास्थ्य शिविर स्थापना गरी आरोही र आरोहणमा सहयोग गर्ने कर्मचारी र अन्य पदयात्रीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

यस्तै, फेरिचेमा सन् १९७३ र मनाङ गाउँमा सन् १९८० र गोसाईकुँण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द बस्यालले जानकारी दिए।

प्रकाशित समय : १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु