global ime bank Long Banner Ad

गृहपृष्ठ गणतन्त्रलाई अझ सुदृढ बनाउनुपर्ने

गणतन्त्रलाई अझ सुदृढ बनाउनुपर्ने

गणतन्त्रलाई अझ सुदृढ बनाउनुपर्ने

बागमती । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शासन प्रणालीमा आमनागरिकको सहज पहुँच र राज्यबाट प्राप्त हुने प्रतिफलको समन्यायिक वितरणले नै गणतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका छन ।

गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश गणतन्त्र मूलसमारोह समितिद्वारा आज आयोजित कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट मुलुकको राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई अक्षुण्ण राख्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु हामी सबैको साझा दायित्व भएको बताए ।

गणतन्त्र दिवसले सबैलाई आपसी सद्भाव, भ्रातृत्व र एकताको सूत्रमा बाँध्न थप ऊर्जा र प्रेरणा मिलोस् भनी कामना गर्दै प्रदेश प्रमुख देवकोटाले गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्दै नागरिकको दैनिक जीवनमा परिवर्तन ल्याउनु नै अहिलेको मुख्य उपलब्धि भएको बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ बनाउँदै समाजमा रहेका विभेद, उत्पीडन र असमानताको अन्त्य गर्न आवश्यक गर्दै उनले मुख्यमन्त्री बानियाँले प्रदेश सरकार न्यायमुखी, जनतामुखी तथा सेवामुखी शासन प्रणालीमार्फत नागरिकको जीवनस्तर सुधार गर्न काम गरिरहे को बताए ।

बागमती प्रदेश सरकार समावेशी तथा समानुपातिक विकासप्रति प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री बानियाँले तीनै तहका सरकारबीच सहकार्य र समन्वयमार्फत समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि प्रयास भइरहेको बताए ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष रामहरी कार्की तथा पत्रकार पोष्टराज अधिकारी, सुनिता विष्ट र युवराज श्रेष्ठलाई जनही रु ५० हजार नगदसहित ‘प्रदेश संस्थागत विकास पत्रकारिता’ पुरस्कार प्रदान गरिएको छ ।

प्रकाशित समय : १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु