global ime bank Long Banner Ad

गृहपृष्ठ ‘सगरमाथा नेपालको गौरव हो’

‘सगरमाथा नेपालको गौरव हो’

‘सगरमाथा नेपालको गौरव हो’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथा हिमाल मात्र नभएर हाम्रो पहिचान र गौरवको प्रतीक भएको बताएका छन ।

पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको आयोजनाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सगरमाथा आरोहण शारीरिक चुनौती मात्र नभई साहसको प्रतीक भएको विचार प्रकट गरे ।

मन्त्री पौडेलले भने“संसारका सबै धर्ममा हिमाल र यात्राको ठूलो महत्व रहेकोछ । हिमाल आरोहण गर्नु भनेको आफ्नै श्वासप्रश्वास गन्नु र ध्यान मग्न हुनु पनि हो ।”

कीर्तिमानी आरोही कामीरिता शेर्पा, लाक्पा शेर्पा र मिङ्मा शेर्पालगायतका साहसिक कदमको प्रशंसा गर्दै उनले भने “कामीरिताको सगरमाथा आरोहणको रेकर्ड सम्पूर्ण मानवताकै लागि गौरवको विषय हो ।”

नेपालको पर्यटन र समृद्धिको मुख्य आधार हिमाल भएकाले यसको संरक्षण र सम्वद्र्धन गरेर मात्रै राष्ट्रिय स्वाभिमान र आर्थिक विकास सम्भव हुने मन्त्री पौडेलले बताए।

प्रकाशित समय : ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु