global ime bank Long Banner Ad

गृहपृष्ठ युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी ः मेयर

युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी ः मेयर

युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी ः मेयर

 

क्रेनी ड्रोन आक्रमण पछि दक्षिणी रूसी बन्दरगाह स्थित नोवोरोसिस्कको तेल डिपोमा आगलागी भएको उक्त शहरका मेयरले शनिबार बताए का छन ।

युएभी (मानव रहित हवाई ड्रोन ) को भग्नावशेष तेल डिपोमा खस्दा आगलागी भएको उनले जनाए भएको छ । उनका अनुसार आक्रमणका कारण विभिन्न प्राविधिक तथा प्रशासनिक भवनहरूमा आगलागी भएको थियो भने ड्रोनका टुक्राहरू इन्धन टर्मिनल वरपर पनि खसेका थिए । मेयर आन्द्रे क्राभ्चेन्कोले आक्रमणमा दुई जना घाइते भएको पनि टेलिग्राम मार्फत जनाएका छन ।

नोभोरोसिस्कले रूसको कच्चा तेल ढुवानीको ठुलो भाग ओगट्छ भने कालो सागरमा रूसको सबै भन्दा ठूलो निर्यात केन्द्र हो ।

रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई सुरक्षाले युक्रेनबाट रातारात प्रहार भएका ३४८ वटा ड्रोनहरू रोकेको बताएको छ ।

सन् २०२२ मा रूसले युत्रेनमा आक्रमण गरे देखि युक्रेनले प्रतिक्रया स्वरुप रूसी भूभाग–भित्र नियमित रूपमा आक्रमण गर्दै आएको छ ।

किएभले रूसको तेल राजस्व घटाउनका लागि ऊर्जा सुविधाहरूलाई लक्षित गरी बारम्बार लामो दूरीका आक्रमणहरु गरिरहेको बताएको छ ।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित समय : १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु