गृहपृष्ठ युगकवि सिद्धिचरण श्रेष्ठ जन्मजयन्ती मनाइँदै
युगकवि सिद्धिचरण श्रेष्ठ जन्मजयन्ती मनाइँदै
काठमाडौं । युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाइँदै छ । युगकवि सिद्धिचरण श्रेष्ठको स्मरणमा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइएको छ । श्रेष्ठको जन्म विसं १९६९ साल जेठ ९ गते ओखलढुंगाको बजारमा भएको हो ।
स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिन्छन् । युगकवि श्रेष्ठले कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरण लगायतका विधामा कलम चलाएका थिए ।
त्यस्तै कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत, खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँशु’ लगायतका कृति रहेका छन् । युगकवि श्रेष्ठको २०४९ साल जेठ २२ गते निधन भएको थियो ।
प्रकाशित समय : ०८:१६ बजे



















