गृहपृष्ठ पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै
प्रधानमन्त्री कार्की-सम्बोधन
काठमाडौँ, २९ भदौ :
प्रधानमन्त्री सुशीला कार्की आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस
काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीको नयाँ साहित्यिक कृति ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ प्रकाशन हुने भएको छ । पूर्वप्रधानमन्त्री कार्कीले अन्तरिम सरकारको नेतृत्व गरिरहेको सबैभन्दा चुनौतीपूर्ण समयमा यो पुस्तक सिर्जना गरेकी हुन् ।
जेनजी आन्दोलनले तत्कालीन सरकारलाई विस्थापित गरेपछि बनेको अन्तरिम सरकारको नेतृत्व गरिरहँदा राष्ट्र अनिश्चितताको भूमरीमा परेको बेलामा आफ्नो कल्पनाशीलता र सिर्जनशीलता कायम राख्दै बालमनोविज्ञानलाई केन्द्रमा राखेर यो कृति लेखेको उनले बताइन् । नेपालको पहिलो महिला प्रधानन्यायाधीश कार्कीले आफ्ना नातिलाई समर्पित गरेको यस पुस्तकले अपार प्रेम, आशा र सकारात्मकताको सन्देश दिन्छ ।
चराचुरुङ्गी र जनावरहरूबीचको अन्तरक्रियामार्फत उपन्यासले समानुभूति, सहकार्य, प्रेम र पारस्परिक निर्भरताको सन्देश प्रवाह गरेको छ । कौतुहल र मनोरञ्जनले भरिपूर्ण भएकाले कथावस्तु रोचक बनेको छ । पूर्वप्रधानमन्त्री कार्कीका दुई कृति ‘न्याय’ (संस्मरण)र ‘कारा’ (उपन्यास)नेपाली भाषामा यसअघि बजारमा आइसकेका छन् । उनी ‘लैङ्गिक समानता’ र ‘महिलावाद’ (नारीवाद) को लेखक पनि हुन् ।
पूर्वप्रधानमन्त्री कार्कीले पुस्तक अन्योल र अनिश्चितताको युगमा हुर्किरहेका विश्वभरका बालबालिकाका लागि उपहार रूपमा आएको बताइन् । रासस
प्रकाशित समय : १३:१९ बजे



















