अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै त्यसको कडा विरोध गर्दै नेपाल बार एशोसिएसनले लालटिन बालेर प्रदर्शन गरेको छ। न्यायपालिकाभित्र हराउँदै गएको न्याय, विवेक र स्वच्छ कानुनी प्रक्रियाको खोजी गर्दै कानुन व्यवसायीहरूले अदालत परिसरमै लालटिन बालेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।