global ime bank Long Banner Ad

गृहपृष्ठ चौथो संस्करणको एनएसएल भाद्र २० गतेदेखि, खेलकुदलाई राजनीतिमुक्त बनाइने (भिडियो सहित)

चौथो संस्करणको एनएसएल भाद्र २० गतेदेखि, खेलकुदलाई राजनीतिमुक्त बनाइने (भिडियो सहित)

चौथो संस्करणको एनएसएल भाद्र २० गतेदेखि, खेलकुदलाई राजनीतिमुक्त बनाइने (भिडियो सहित)

काठमाडौँ । चौथो संस्करणको नेपाल सुपर लिग (एनएसएल) भाद्र २० गतेदेखि सुरु हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरिएको हो।
कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले खेलकुद क्षेत्रलाई राजनीतिक प्रभावभन्दा टाढा राखेर अघि बढाउने नीति लिएको बताए ।
उनले नेपालमा रहेका २७ हजार विद्यालय र लाखौँ विद्यार्थीलाई लक्षित गर्दै सानै उमेरदेखि खेलकुदमा लगानी गर्न आवश्यक रहेको बताए ।

सानो उमेरदेखि नै विद्यार्थीमा लगानी गर्न थाल्यौँ भने उनीहरुलाई उत्कृष्ट खेलाडीका रूपमा विकास गर्न सकिने उनको भनाई छ । मन्त्री पोखरेलले आगामी पाठ्यक्रममा पनि खेलकुदलाई प्राथमिकताका साथ समावेश गरिने जानकारी दिएका छन् ।

उनले भने,‘राजनीतिक हिसाबले हेर्दा पार्टी र सरकार पनि सकेसम्म खेलकुद क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउन चाहन्छौं । नेपालमा २७ हजार विद्यालय छन्, लाखौं विद्यार्थीहरु हुनुहुन्छ । हामीले सानो उमेरदेखि नै विद्यार्थीमा लगानी गर्न थाल्यौं र यहाँहरुलाई एउटा खेलाडीको रुपमा पनि ल्याउन सकिन्छ भन्ने भिजनबाट अगाडि बढ्यौं भने राम्रो हुन्छ । सानो उमेरबाट लगानी गर्न सक्दा राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ । त्यसैले अबको पाठ्यक्रममा पनि खेलकुदलाई महत्व दिएर राख्ने छौं ।’
आयोजकका अनुसार प्रतियोगिता होम एन्ड अवे फरम्याटमा हुनेछ भने खेल डबल राउन्ड रोबिनमा सञ्चालन हुनेछ । यस पटक १०–१२ टीमलाई सहभागी जनाउने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित समय : १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु