global ime bank Long Banner Ad

गृहपृष्ठ राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै

राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै

राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै

काठमाडौँ । विश्वभरका लेखक तथा कलाकारको सहभागितामा यही जेठ १५ देखि २२ गतेसम्म राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कशप’ हुने भएको छ ।

सो महोत्सवमा विभिन्न देशका ७५ भन्दा बढी लेखक, कवि, विद्वान्, अनुवादक, चलचित्रकर्मी, सम्पादक तथा कलाकारको सहभागितामा हुनेछ । महोत्सव नेपाली कथा साहित्यका अग्रणी स्रष्टा गुरूप्रसाद मैनालीप्रति समर्पित रहने निर्देशक सृजना भण्डारीले जानकारी दिइन ।

नेपाल, भारत, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, आयरल्याण्ड, अस्ट्रेलिया, अस्ट्रिया, पोर्चुगल, पोल्याण्ड, युक्रेन, फ्रान्स, डेनमार्क, रुस तथा फिलिपिन्सलगायत देशका सहभागीहरू महोत्सवमा उपस्थित हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा कविता वाचन, प्यानल छलफल, कार्यशाला, मास्टरक्लास, सांस्कृतिक प्रस्तुति, चलचित्र प्रदर्शन तथा अन्तरसंस्कृतिक साहित्यिक संवाद हुनेछन् । आयोजककाअनुसार महोत्सवले बदलिँदो विश्व परिवेशमा साहित्यको भूमिका, उपचारात्मक शक्ति र सिर्जनात्मक सम्भावनाबारे गहन विमर्शको वातावरण सिर्जना गर्नेछ ।

प्रकाशित समय : १५:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु