गृहपृष्ठ नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अनलाइनबाट
नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अनलाइनबाट
नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने भएको छ । यस अनुसार अब नयाँ ई–सिम लिन व्यक्ति स्वयं उपस्थित भएर नेपाल टेलिकमको कार्यालय जानुपर्ने बाध्यता हुने छैन ।
नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np लगइन गरी त्यहाँ रहेको Get New Prepaid eSIM मा क्लिक गरे पश्चात दिइएको निर्देशन अनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ । त्यसपछि विभिन्न वालेट तथा क्यूआर कोडमार्फत रकम भुक्तानी गरे पश्चात ई–सिमको क्यूआर कोड उपलब्ध हुन्छ । उक्त क्यूआर कोड स्क्यान गरी आफ्नो मोबाइल सेटको सेटिङमार्फत ई–सिम सक्रिय गर्न सकिन्छ ।
esim.ntc.net.np लगइन गरेर हाल नयाँ प्रिपेड ई–सिम लिन सकिने सुविधा थप गरिएको हो । यो भन्दा पहिले देखि नै प्रयोगमा रहेको सिमलाई अनलाइनमार्फत ई–सिम बनाउन सकिने सुविधा समेत उपलब्ध छ ।
नयाँ फिजिकल सिम लिनका लागि आवश्यक फारम भर्न र ग्राहक विवरण अर्थात केवाईसी दर्ता गर्न वा अद्यावधिक गर्नका लागि आवश्यक अनलाइन केवाईसी पोर्टल समेत यसैमा उपलब्ध छ ।
प्रकाशित समय : १४:४९ बजे




















