global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी सार्वजनिक : प्रतियोगितामा ६ सय विद्यार्थीले भाग लिने

जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी सार्वजनिक : प्रतियोगितामा ६ सय विद्यार्थीले भाग लिने

जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी सार्वजनिक : प्रतियोगितामा ६ सय विद्यार्थीले भाग लिने

सुर्खेत । वैशाख २६ गतेदेखि सञ्चालन हुने जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक गरिएको छ । सातौ संस्करणमा पुगेको म्याराथुनको ट्रफी र मेडल जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेल र ओलम्पियन तथा एभरेस्ट म्याराथन ह्याट्रिक विजेता धावक हरिबहादुर रोकायाले संयुक्त सार्वजनिक गरेका हुन् ।
प्रतियोगिताको पाँच किलोमिटर दौडमा ६ सय विद्यार्थीले भाग लिने आयोजकले जनाएकाे छ। प्रतियोगितामा नेपालसहित भारत, इटाली र फ्रान्सका खेलाडीको सहभागिता रहने कर्णाली खेलकुद क्लवलका अध्यक्ष सरोज शाहीले बताए । खेलकुदका माध्यमबाट कर्णालीको सुन्दरता चिनाउन र खेलाडीको प्रतिभा पहिचानका लागि सात बर्षदेखि जुम्ला–रारा म्याराथन हुँदै आएको छ । यो म्याराथनमा स्थानीय, राष्ट्रिय र विदेशी खेलाडी समेत आउने गरेका छन् ।

समुद्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलंगाबाट सुरु हुने म्याराथन तीन हजार तीन सय मिटरको उचाइमा रहेको डाँफे लेक, चार हजार एक सय मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८९० मिटरको उचाइमा रहेको रारा ताल छेउमा समापन हुने आयोजकले जनाएका छन् ।
जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुट व्यावसायिक खेलाडीले पाँचदेखि सात घण्टामा पार गर्दै आएका छन् । कर्णाली खेलकुद क्लवले आयोजना प्रतियोगितामा ५१ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटरका दौड हुनेछन् । सबै भन्दा छोटो दुरीको पाँच किलोमिटर दौडमा ६ सय विद्यार्थीले भाग लिने आयोजकले जनाएका छन् । अन्य दौडको लागि नाम दर्ता भईरहेको बताइएको छ ।

प्रतियोगितामा ५१ किलोमिटर दौडमा प्रथम हुनेलाई एक लाख रुपैयाँ, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५० हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरिने छ । चौथो र पाँचौँ स्थान ल्याउनेलाई २० हजार रुपैयाँ दिइने छ । १० किलोमिटर दौडमा १८ वर्षमुनिका बालबालिकामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १०, सात र पाँच हजार रुपैयाँ तथा पाँच किमीका शीर्ष तीनलाई क्रमशः पाँच, तीन र दुई हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रकाशित समय : १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु