global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ पठाओ नेपालको नेतृत्वबाट बाहिरिए अशीममान सिंह

पठाओ नेपालको नेतृत्वबाट बाहिरिए अशीममान सिंह

पठाओ नेपालको नेतृत्वबाट बाहिरिए अशीममान सिंह

काठमाडौं । पठाओ नेपालका प्रबन्ध निर्देशक अशिममान सिंह बस्न्यात कम्पनीको नेतृत्वबाट बाहिरिएका छन् । कम्पनीले सार्वजनिक गरेको विदाई सन्देशमार्फत उनले नेतृत्व छाडेको पुष्टि गरेको हो ।सन् २०१८ मा नेपालमा प्रवेश गरेको पठाओलाई प्रारम्भिक चरणदेखि नै नेतृत्व गर्दै आएका सिंहले देशको मोबिलिटी क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

नेपालमा राइड सेयरिङ÷राइड हेलिङ सेवाको विस्तार र लोकप्रियतामा उनको नेतृत्व निर्णायक मानिन्छ ।पठाओले ‘असम्भव जस्तो लागेको विचारलाई व्यवहारमा उतार्दै’ कम्पनीलाई स्थापित ब्रान्ड बनाउन सिंहको योगदान उल्लेखनीय रहेको जनाएको छ ।

कम्पनीले उनलाई केवल व्यवसाय निर्माणकर्ता मात्र नभई नेपालको स्टार्टअप इकोसिस्टममा नवप्रवर्तन, विश्वास र उद्यमशीलताको संस्कृति विकास गर्ने व्यक्तित्वका रूपमा चित्रण गरेको छ ।

उनको नेतृत्वमा पठाओले नेपाली बजारमा राइड हेलिङ सेवाको नयाँ मानक स्थापित गर्दै सेवाको मागलाई तीव्र रूपमा बढाएको थियो । सिंह पछिल्लो समय सार्वजनिक जीवनमा पनि सक्रिय देखिएका थिए । उनी गत प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका थिए ।कम्पनीले उनको विदाइसँगै भविष्यका लागि शुभकामना व्यक्त गर्दै उनको योगदानलाई संस्थाको आधारको रूपमा स्मरण गर्ने उल्लेख गरेको छ ।

प्रकाशित समय : ०८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु