global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु

लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु

दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो ।

लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

यसै गरि जररियामा भएको अर्को आक्रमणहरूमा दुई जना महिलासहित चार जनाको मृत्यु भएको र थप चार जना घाइते भएको बताइएको छ ।

मन्त्रालयले तटीय सहर टायर नजिकै भएको आक्रमणमा एक जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएकोसमेत जनाएको छ ।

हबोसमा पनि इजरायलले यस अघिनै निकासी चेतावनी जारी गरिएको थियो ।

लेवनानी राष्ट्रिय समाचार एजेन्सी ९एनएनए० ले इजरायली लडाकु विमानहरूले चेतावनी दिएको एक घण्टा भन्दा पनि कम समयमा आक्रमण सुरु गरेको रिपोर्ट गरेको छ ।

इजरायली सेनाले इरान समर्थित समूहको युद्धविराम सम्झौताको उल्लङ्घन पछि हेजबुल्लाह विरुद्ध बल प्रयोग गर्ने जनाउदै स्थानीय बासिन्दाहरूलाई सहरबाट कम्तिमा एक किलोमिटर टाढा खुला क्षेत्रमा भाग्न आग्रह गरेको थियो ।

एनएनएले टायरसहित दक्षिण लेबनानका विभिन्न स्थानहरूमा इजरायली आक्रमण गोली प्रहार भएको पनि रिपोर्ट गरेको छ ।

इजरायल र हेजबोल्लाह बिचको लामो युद्ध रोक्न अप्रिल –१७ मा गरिएको युद्धविरामको बावजुद इजरायलले लेबनानमा घातक आक्रमणहरू जारी राखेको जनाइएको छ ।

युद्धविरामले इजरायललाई योजनाबद्ध, आक्रमणहरू विरुद्ध कार्य गर्ने अधिकार प्रदान गरेको छ ।

इजरायली सेनाले दक्षिणी सहर शामामा विस्फोट गरी यारुन सहरका “मठ मन्दिर र विद्यालय“ ध्वस्त पारेको एनएनएले जनाएको छ ।

अन्तर्राष्ट्रिय रेड क्रस र रेड क्रिसेन्ट सोसाइटी महासङ्घका राष्ट्रिय समाज विकास र समन्वयका लागि उपमहासचिव, जेभियर क्यास्टेलानोसले लेबनानी रेड क्रस स्वयंसेवकहरू मिसनमा जादा आफ्नो जीवन दाउमा राखेर काम गर्नु परेको बताएको छ ।

प्रकाशित समय : १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु