global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ वैदेशिक रोजगारीमा रहेका परिवारलाई सामसङका सामान खरिदमा ६% सम्म क्याशब्याक, १८० जीबीसम्मको डेटा

वैदेशिक रोजगारीमा रहेका परिवारलाई सामसङका सामान खरिदमा ६% सम्म क्याशब्याक, १८० जीबीसम्मको डेटा

वैदेशिक रोजगारीमा रहेका परिवारलाई सामसङका सामान खरिदमा ६% सम्म क्याशब्याक, १८० जीबीसम्मको डेटा

काठमाडौँ । सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई सम्मान गर्न ‘Remit मा Benefit’ नामक विशेष उपभोक्ता अभियान औपचारिक रूपमा सुरु गरेको छ । यो पहलको मुख्य उद्देश्य रेमिट्यान्सलाई जीवनस्तर सुधार गर्ने अर्थपूर्ण अवसरमा रूपान्तरण गर्नु र आकाङ्क्षा तथा पहुँचबिचको दूरी कम गर्नु रहेको कम्पनीले जनाएको छ ।

सामसङका अनुसार रेमिट्यान्स केवल आर्थिक मूल्य मात्र नभई यो विदेशमा काम गर्ने लाखौँ नेपालीहरूको त्याग, आकाङ्क्षा र जिम्मेवारीको प्रतीक हो । यही बुझाइमा आधारित भएर ल्याइएको यो अभियानले देशभर रहेका रेमिट्यान्समा आधारित परिवारहरूलाई प्रिमियम प्रविधि अझ सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

यस अभियान अन्तर्गत ग्राहकहरूले सामसङका विभिन्न उत्पादनहरूमा विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन् । जसअनुसार सामसङका स्मार्टफोन, टिभी, रेफ्रिजेरेटर र वाशिङ मसिनको खरिदमा अधिकतम ६% सम्म क्याशब्याक पाउन सकिनेछ ।

त्यस्तै एनसेल रिचार्जमा अधिकतम १८० जीबीसम्मको बोनस डेटा पाइनेछ । यस बाहेक २४ महिनासम्मको ईएमआई सुविधाको समेत व्यवस्था गरिएको छ । जसले परिवारहरूको मासिक किस्ता भारलाई उल्लेखनीय रूपमा घटाउँदै गुणस्तरीय उत्पादनहरूमा पहुँच सुनिश्चित गर्नेछ ।

यो अभियानलाई सफल बनाउन सामसङले आईएमई रेमिट, खल्ती, एनसेल, एचएफएल, हिम इलेक्ट्रोनिक्स र त्रिवेणी ब्यापार लिमिटेड जस्ता प्रमुख साझेदारहरूसँग रणनीतिक सहकार्य गरेको छ । यस सहकार्यले देशभरका ग्राहकहरूका लागि पहुँच, किफायतीपन र कनेक्टिभिटीलाई प्रभावकारी बनाउने एक एकीकृत प्रणाली निर्माण गरेको उल्लेख छ ।

यो अफर प्राप्त गर्न ग्राहकहरूले सुरुमा आईएमई रेमिटमार्फत रेमिट्यान्स प्राप्त गर्नुपर्नेछ । प्राप्त रेमिट्यान्सको आईएमई कन्ट्रोल नम्बरसहित सामसङ स्टोरमा गएर आफूले चाहेको डिभाइस छनोट गरी एचएलएफ मार्फत ऋण आवेदन गर्न सकिनेछ ।

सामसङ स्मार्टफोन खरिद गर्दा एनसेल प्याक लिएर बोनस प्राप्त गर्न सकिनेछ भने खल्ती एप मार्फत योग्य क्याशब्याक प्राप्त हुनेछ । अभियान लन्चको अवसरमा सामसङ नेपालको एमएक्स बिजनेसका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितले रेमिट्यान्स केवल आर्थिक सहयोग मात्र नभएर विदेशमा काम गर्ने लाखौँ नेपालीहरूको आशा र आकाङ्क्षाको प्रतिबिम्ब भएको बताए ।

“हाम्रो ‘सपनादेखि सम्भावनासम्म’ अभियानमार्फत हामी उनीहरूको योगदानलाई सम्मान गर्दै उनीहरूका परिवारका लागि नवप्रवर्तनात्मक प्रविधिलाई अझ पहुँचयोग्य बनाउन चाहन्छौँ,” उनले भने, “यो पहलले किफायतीपन, नवप्रवर्तन र कनेक्टिभिटीमार्फत कठिन परिश्रमले कमाएको रेमिट्यान्सलाई अर्थपूर्ण प्रगतिमा रूपान्तरण गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ ।”

यो विशेष अफर आईएमई रेमिट मार्फत कारोबार गर्ने रेमिटरहरू र उनीहरूका आश्रित सदस्यहरूका लागि मात्र उपलब्ध छ ।

प्रकाशित समय : १०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु