nmb bank

गृहपृष्ठ संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचनलाई सम्मान

काठमाडौं । नेपाल मेडिकल कलेजले संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति डा. ओजश्वी शेरचनलाई सम्मान गरेको छ । आज शुक्रबार एक कार्यक्रमको आयोजना गरि कलेजको बायोकेमेष्ट्री विभागकी पूर्व सह प्राध्यापक समेत रहेकी समिति सभापति डा. शेरचनलाई सम्मान गरेको हो ।

कार्यक्रममा कलेजका अध्यक्ष प्रा.डा.जैनुद्धिन अन्सारी, प्रबन्ध निर्देशक डा.सबिहा यासमिन लगायतले सम्मान गरेकी छन । सो अवसरमा बोल्दै सभापति डा. शेरचनले चिकित्सा शिक्षा क्षेत्रको विकास र स्वास्थ्य क्षेत्रको ब्यापक सुधारका लागि आफुहरुले काम गरिरहेको बताइन ।

उनले स्वास्थ्य बीमामा देखिएका समस्याहरु समाधानका लागि पनि आफुहरुले गृहकार्य गरिरहेको जिकीर गर्दै निजी क्षेत्रले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा ठूलो टेवा दिएको चर्चा गर्दै सरकार र निजी क्षेत्र सँगसँगै अगाडी जाने उल्लेख गरिन ।

कार्यक्रमका सभापति समेत रहेका कलेजका अध्यक्ष प्रा.डा.जैनुद्धिन अन्सारीले निजी मेडिकल कलेज र स्वास्थ्य संस्थाहरुका समस्या समाधानमा सरकारले ठोस योजनाहरु बनाउनु पर्ने बताइन । सरकारले ल्याएका सबै प्रकारका स्वास्थ्य सेवाका कार्यक्रमहरु निजी क्षेत्रले सञ्चालन गरेपनि राज्यले त्यस अनुरुप निजी क्षेत्रलाई समेट्न नसकेको बताउँदै उनले स्वास्थ्य बीमा कार्यक्रम, गरिब, विपन्न नागरिकलाई दिने निःशुल्क स्वास्थ्य सेवा लगायतमा देखिएका समस्याहरु निराकरणका लागि पहलकदमी लिन अनुरोध गरिन।

यस्तै कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले पनि निजी क्षेत्रले स्वास्थ्य सेवा र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले सरकारले निजी क्षेत्रको भूमिकालाई स्वीकार गर्नुपर्नेमा जोड दिइन । समिति सभापति डा. शेरचनले चिकित्सा शिक्षा क्षेत्रका नितीगत र कानूनी समस्याहरु समाधान गर्न पहल गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा प्रिन्सिपल प्रा.डा.मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा.निलमणी उपाध्याय लगायतले विभागीय प्रमुखहरुले शुभकामना दिएका थिए ।

प्रकाशित समय : १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु