nmb bank

गृहपृष्ठ स्वास्थ्य बीमा कार्ड नभए पनि नागरिक एप लगायत डिजिटल माध्यमबाट सेवा प्रदान गर्न निर्देशन

स्वास्थ्य बीमा कार्ड नभए पनि नागरिक एप लगायत डिजिटल माध्यमबाट सेवा प्रदान गर्न निर्देशन

स्वास्थ्य बीमा कार्ड नभए पनि नागरिक एप लगायत डिजिटल माध्यमबाट सेवा प्रदान गर्न निर्देशन

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्डमार्फत् सेवा प्रदान गर्न सबै स्वास्थ्य सेवा प्रदायक संस्थालाई अनिवार्य निर्देशन दिएको छ। बोर्डले हालै जारी गरेको सूचनामा बीमित नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको जनाएको छ।

बोर्डका अनुसार बीमितहरूले आफ्नो भौतिक बीमा कार्ड साथमा नभएको अवस्थामा पनि अब नागरिक एप,एचआईबी प्रोफाइल, लगायतका डिजिटल माध्यमबाट उपलब्ध गराइएको क्युआर कोर्ड स्क्यान गरी स्वास्थ्य सेवा लिन सक्नेछन्। यससम्बन्धी निर्णय बोर्डको २०८० फागुन २४ गते बसेको बैठकबाट भइसकेको र सोहीअनुसार परिपत्र जारी गरिएको जानकारी दिइएको छ।

तर, केही स्वास्थ्य संस्थाले अझै डिजिटल कार्डमार्फत सेवा प्रदान नगरेको गुनासो प्राप्त भएपछि बोर्डले पुनः कडाइका साथ निर्देशन दिएको हो। अब सबै सेवा प्रदायक संस्थाले उक्त व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने बोर्डले स्पष्ट पारेको छ।

वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवन कुमार साहद्वारा हस्ताक्षरित सूचनामा बीमित नागरिकको सहजता र सेवा पहुँचलाई प्राथमिकतामा राख्दै डिजिटल प्रणालीलाई पूर्ण रूपमा लागू गर्न आग्रह गरिएको छ।

प्रकाशित समय : १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु