गृहपृष्ठ आज केराको मूल्य प्रतिदर्जन २५० रुपैयाँ पुग्यो
आज केराको मूल्य प्रतिदर्जन २५० रुपैयाँ पुग्यो
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज केरा प्रतिदर्जन २५० मा कारोबार भइरहेको जनाएको छ।
स्याउ (फुजी) प्रतिकिलो ३००, स्याउ (झोले) २५०, अङ्गुर हरियो २४० र कालो अङ्गुर ३८० कायम भएको छ।
त्यस्तै, अनार प्रतिकिलो ४००, किबी ४५० र एभोकोडो ८०० मा बिक्री भइरहेको छ। तरबुजा प्रतिकिलो ४५ मा पाइँदा गर्मीयाममा यसको माग बढ्ने अनुमान गरिएको छ।
प्रकाशित समय : १०:४० बजे



















