nmb bank

गृहपृष्ठ चारदिने नमूना बाल नगरसभा सम्पन्न

चारदिने नमूना बाल नगरसभा सम्पन्न

चारदिने नमूना बाल नगरसभा सम्पन्न

भक्तपुर । सूर्यविनायक नगरपालिकाको सभा हल । मञ्चमा १५ वर्षीया सुरबी बस्नेत नगरसभाको सभापति बनेर सभा सञ्चालन गरिरहनु भएको थियो । तर यो कुनै असली नगरसभा भने थिएन ।

देशको राज्य व्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले सूर्यविनायक नगरपालिकाको आयोजना, कन्र्सोटियम नेपालको सहआयोजना तथा सिविसलगायतका संस्थाको सहयोगमा सूर्यविनायक नगरपालिकाभित्रका वडा नं। १ देखि १० सम्मका विभिन्न बाल क्लबका प्रतिनिधि एवं बालबालिकाहरुलाई नमूना बाल नगरसभा सम्बन्धी तालिम सञ्चालन गर्दाको दृश्य हो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले भोलिका कर्णाधारका रूपमा रहेका बालबालिकालाई वडा तहदेखि नगरपालिका र संसद्सम्मको व्यवस्था सञ्चालन कसरी गर्ने भन्नेबारेमा जानकारी दिन नमूना बालसभा उपलब्धिमूलक रहेको बताए ।

बाल सहभागिता संविधानदेखि व्यवहारसम्म भन्ने मूल उद्देश्यका साथ सञ्चालन भएको सभा आजको समापन कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई तिमल्सिनाले बालबालिकाको आवाज र नीतिमा सकारात्मक ऊर्जा दिएको बताए।

बालबालिकाहरुले नैसभा सञ्चालन गर्ने, सभामा सभापति, उपसभापित, सचिव, कार्यपालिकाका सदस्यहरुको चार दिन अगाडि निर्वाचन गराएर विजयी गराइ नमूना सभाको अभ्यास गराइ आज सम्पन्न गरिएको कन्र्सोटियम नेपालकी उपाध्यक्ष एवं सिविसकी महासचिव अनिता पाण्डेले जानकारी दिए ।

बालबालिकामा नेतृत्व, आत्मविश्वास र अभिव्यक्ति क्षमता विकास गर्ने र वडा तहदेखि नगरपालिका हुँदै संसद्सम्म ऐन, नीति, नियम कसरी निर्माण गर्ने, जनताको आवश्यकताको पहिचान कसरी गर्ने, सुशासन कसरी कायम गर्ने, निर्वाचन कसरी गर्ने, निर्वाचन पछि राज्य व्यबस्था सञ्चालन कसरी गर्ने भन्नेबारेमा प्रयोगात्मक रुपमा अभ्यास गरी बालबालिकालाई सक्षम बनाइएको उनले बताए ।

प्रकाशित समय : १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु