गृहपृष्ठ सरकारले स्वास्थ्य नीतिभित्र पर्ने महत्त्वपूर्ण विषयमा तत्काल निर्णय लिनुपर्छ : सुनिल शर्मा
सरकारले स्वास्थ्य नीतिभित्र पर्ने महत्त्वपूर्ण विषयमा तत्काल निर्णय लिनुपर्छ : सुनिल शर्मा
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम मेडिकल व्यवसायी डा.सुनील शर्माले सबै तहका नागरिकलाई स्वास्थ्य नीति आवश्यक भएको औंल्याएका छन् । उनले नयाँ सरकारले मिर्गौला प्रत्यारोपण र लिभर ट्रान्सप्लान्ट सेवामा सहजीकरण गर्नपनि आग्रह गरे ।
बुधबार दुर्गा प्रसाईंलगायत सहभागि भएको पत्रकार सम्मेलनमा बोल्दै डा.शर्माले देशभरका विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण र लिभर ट्रान्सप्लान्ट सेवा प्रदान गर्नुपर्ने बताए ।
उनले भने, ‘संविधान प्रदत अधिकार सबैले पाउनुपर्छ । हाम्रो स्वास्थ्य नीतिपनि समान हुनुपर्यो । तर सरकारले चलाएका र सरकारका निकट व्यक्तिहरुले संचालन गरेका अस्पतालहरुको सेवामै विभेद छ । स्वास्थ्य सेवामा कोही गरिब र धनी भन्ने हुँदैन । किड्नीका विरामीहरुलाई औषधि खरिदमै सहजीकरण गरिदिनुपर्छ,’ अगाडि भने,‘हामी नीजि क्षेत्रबाटै निःशुल्क मिर्गौला प्रत्यारोपण र लिभर ट्रान्सप्लान्ट गर्न चाहन्छौं ।’
गरिब जनताको पक्षमा काम गर्दा सरकारले पटक पटक दुःख दिने गरेको सुनाउँदै उनले हालको दुई तिहाइको सरकारले स्वास्थ्य नीति समान लागू हुनेगरी बनाउनुपर्ने बताए ।
शर्माले आफूले संचालन गरेको अस्पतालमा ट्रान्सप्लान्ट सेन्टर देशभित्रकै उत्कृष्ट ‘टप फाइप’मा पर्ने दाबी गरे । हालसम्म ७२ वटा प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेको जानकारी दिए ।
डा.शर्माले खाडी मुलुक जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने, गरिबहरुको उचित व्यवस्थापन गर्दै सडकहरुको व्यवस्थापन गर्नुपर्ने र विकास निर्माणमा काम गर्नुपर्ने बताए । उनले गृहमन्त्री सुधन गुरुङको विषयमा उचित छानविन हुनुपर्ने र सत्यतथ्य बाहिर आउनुपर्ने औंल्याए । गुरुङले ‘माल प्राक्टिस’ गरेको हो भने सत्यतथ्य बाहिर आउने बताए ।
प्रकाशित समय : १४:३४ बजे



















