nmb bank

गृहपृष्ठ जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न आवश्यक : मुख्यमन्त्री आचार्य

जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न आवश्यक : मुख्यमन्त्री आचार्य

जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न आवश्यक : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्लालाई राष्ट्रिय सम्पदाको सूचीमा सूचिकृत गर्न आवश्यक रहेको बताएका छन्।

त्यसका लागि सङ्घीय सरकारसँग थप पहल भइरहेको उनले जानकारी दिए। सोमबार बुटवलमा आयोजित जीतगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किल्लालाई राष्ट्रिय महत्वको धरोहरका रूपमा स्थापित गर्न निरन्तर प्रयास भइरहेको उल्लेख गरे।

उनले प्रदेश सरकारका तर्फबाट पनि यसलाई राष्ट्रिय सम्पदा सूचीमा राख्न थप पहल गरिने प्रतिबद्धता जनाए। उनका अनुसार जीतगढी किल्लाको महत्त्व स्थानीय तहमा मात्र सीमित नराखी राष्ट्रिय स्तरमा विस्तार गर्न आवश्यक छ। किल्ला राष्ट्रिय स्वाभिमानसँग जोडिएको सम्पत्ति भएकाले यसको संरक्षण सबै नेपालीको साझा दायित्व भएको उनले बताए।

बुटवल उपमहानगरपालिका को आयोजनामा हरेक वर्ष मनाइँदै आएको जीतगढी विजय उत्सव यस वर्ष पनि विशेष कार्यक्रमसहित सुरु भएको छ। उत्सवमार्फत किल्लाको संरक्षण, प्रवर्द्धन तथा वीरताको इतिहास जनस्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

वि.सं. १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आएको हो। कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको अध्यक्षता रहेको थियो।

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु