गृहपृष्ठ ‘वर्ल्ड अफ डान्स’ नेपालमा हुने, ग्रान्ड जज भारतका टेरेन्स लुइस
‘वर्ल्ड अफ डान्स’ नेपालमा हुने, ग्रान्ड जज भारतका टेरेन्स लुइस
काठमाडौं – डान्सिङ रियालिटी शो ‘वर्ल्ड अफ डान्स’ को नेपाल संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ घोषणा भएको छ । आइतबार राजधानीमा एक पत्रकार सम्मलेन गरी कार्यक्रमबारे आयोजकले जानकारी दिएको हो ।
यस प्रतियोगिताको ग्रान्ड जजको जिम्मेवारीमा भारतीय किरियोग्राफर टेरेन्स लुइस रहेको जानकारी दिइयो । टेरेन्स ‘डान्स इन्डिया डान्स’ र ‘इन्डियाज बेस्ट डान्सर’ जस्ता शोका जज हुन् ।
जजहरूमा किरण थाप र जेडी तमु रहेका छन् । यो प्रतियोगिता मुख्य चार डिभिजनमा विभाजन गरिएको छ- अपर, जुनियर, अपर टिम र जुनियर टिम डिभिजन । प्रत्येका डिभिजनका विजेताले एक लाख रुपैयाँ नगद र २४ क्यारेट गोल्ड प्लेटेड ट्रफी पाउनेछन् ।
नेपालका पाँच सहरमा अडिसन हुने बताइएको छ । वैशाख १९ गते नेपालगञ्ज , वैशाख २२ गते बुटवल, वैशाख २६ गते पोखरा, वैशाख ३० गते काठमाडौं र जेठ २ गते इटहरीमा अडिसनहरू हुने आयोजकले बताएको छ ।
अडिसनबाट छानिएका उत्कृष्ट डान्सरहरूको प्रतिस्पर्धात्मक सेमिफाइनल जेठ २१ गते हुनेछ भने प्रतियोगिताको भव्य ग्रान्ड फिनाले जेठ २३ गते सम्पन्न हुनेछ।
प्रकाशित समय : १५:३५ बजे



















