गृहपृष्ठ कानुन बनाएर पनि मानवअधिकार हननका घटना बढे : सुन्दर विश्वकर्मा
कानुन बनाएर पनि मानवअधिकार हननका घटना बढे : सुन्दर विश्वकर्मा
नेकपा प्रदेश २ संसदीय दलका सचेतक सुन्दर विश्वकर्माले सदियौंदेखि कानुननै बनाएर मानवअधिकारको हनन् हुँदै आएकाले गर्दा कानुन बनाएरै न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
दलित गैर सरकारी संस्था महासंघका सचिव जीतबहादुर विश्वकर्माको अध्यक्षतामा विश्वव्यापी आवधिक समिक्षा प्रतिवेदनमा सुझाव तथा परामर्श गोष्ठी कार्यक्रममा प्रमुख अतिथी सुन्दर विश्वकर्माले हिन्दु धर्मग्रन्थ बनाउँदा नै मानवअधिकार हनन्को सुरुवात भएको बताएका छन् ।
कार्यक्रममा बोल्दै उनले भने जातिको आधारमा कामको बाडँफाड, वर्गको आधारमा छुवाछुत र भेदभाव, पानी चल्ने र नचल्ने भनेर नेपालको २०१० सालको मुलुकी ऐनमै उल्लेख भएकाले गर्दा नेपालमा जातिय छुवाछुतले प्रशय पाएको बताउँदै अव जातीय छुवाछुत र भेदभावविरुद्ध नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले ऐन, कानुन बनाएर न्यूनीकरण गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेकपा सचेतक विश्वकर्माले समाजमा शैक्षिक दर बढ्दै जाँदा समाजमा अहिले अपराध र हिंसा गर्ने शैलीमा समेत परिर्वतन भएको बताए । अहिले समाजमा सम्मानजनक रुपमा अपमान हुदै आएको छ, तिम्रोमा गएर खाने र आफनोमा खान कहिले नबोलाउने प्रवृत्ति हावी भएको बताए । उनले प्रदेश २ सरकारले दलित कानुन बनाएको भन्दै यस्तै दलितहरुको पक्षमा अन्य कानुनहरु समेत बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा नेपाल राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश २ निर्देशक बीरबहादुर बुढामगरले मानवअधिकारको सवालमा हामी सबै नागरिक सचेत हुनुपर्ने बताए । उनले भने अहिले मानवअधिकार हनन्का घटनाहरु न्यूनीकरणका लागि तिनै तहका सरकारले अभियान नै चलाउनुपर्ने आवश्यकता रहेकोेमा जोड दिएका थिए ।
कार्यक्रममा इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले हाम्रो समाजमा सदियौंदेखि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जातीय छुवाछुत र भेदभाव हुँदै आएकाले अव यसको अन्त्य गर्नुपर्ने बताएका थिए ।
नेपाल संघीय संरचनामा गएर तीन तहको सरकार रहेका वेलामा जनप्रतिनिधिहरुले समेत छुवाछुत र भेदभाव गर्दै आएकोमा दुःख व्यक्त गर्दै इन्सेक प्रदेश संयोजक पासवानले न्यायलयमा दलितहरुको पहुँच हुनुपर्नेमा जोड दिएका थिए ।
प्रकाशित समय : १६:१५ बजे



















