global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही । दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले हात पारेको छ ।

प्रतिस्पर्धी नवलपरासीलाइ ३–० को सोझो सेटमा पराजित गर्दै गुल्मी दोस्रो पटक मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो । अघिल्लो वर्षको विजेता गुल्मीले फाइनल खेलमा नवलपरासीलाई पहिलो सेटमा २५–१५, दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१५ ले पराजित गरेको हो ।

उपाधिसँगै गुल्मीले नगद रु एक लाख, ट्रफी र मेडल र दोस्रो स्थानमा चित्त बुझाएको नवलपरासीले ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । यही चैत २५ गते सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागिता रहेको थियो । प्रतियोगितामा रुपन्देही तेस्रो र प्युठान चौथो भएका छन् ।

रुपन्देहीले प्युठानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान कायम गरेको हो । रुपन्देहीले नगद ३५ हजार र चौथो भएको प्युठानले रु १५ हजारसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रकाशित समय : १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु