nmb bank

गृहपृष्ठ भोजपुर नगरपालिकामा बीमा प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

भोजपुर नगरपालिकामा बीमा प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

भोजपुर नगरपालिकामा बीमा प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौँ- नेपाल बीमा प्राधिकरणको आयोजनामा स्थानीय तहसँग बीमा प्रवर्द्धनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम भोजपुर नगरपालिकामा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाशकुमार आलेले कृषि तथा पशुपन्छी बीमा र घर बीमालाई योजनाबद्ध रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले बीमा क्षेत्रको अभ्यासले थप बलियो आधार पाउने विश्वास व्यक्त गर्दै क्षमता भन्दा बढी बीमा नगर्न सबैलाई आग्रह गरे।

नगरप्रमुख आलेले विपद्को समयमा स्थानीय सरकारले उपलब्ध गराउने राहत मात्र पर्याप्त नहुने उल्लेख गर्दै जोखिम हस्तान्तरणमार्फत आर्थिक सुरक्षा सुनिश्चित गर्न बीमा अपरिहार्य रहेको बताए ।

प्रकाशित समय : १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु