गृहपृष्ठ उपसभामुखमा रुबी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय
उपसभामुखमा रुबी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय भएको छ।
शुक्रबार सिंहदरवारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको बैठकले उपसभामुखमा ठाकुरलाई मतदान गर्ने निर्णय भएको प्रवक्ता मनिषा झाले जानकारी दिए।
प्रतिनिधिसभाको उपसभामुख पदमा दुईजनाको उम्मेदवारी परेको छ । राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारीको उम्मेदवारी दर्ता भएको छ।
उपसभामुखका लागि आज निर्वाचन हुँदैछ।
प्रकाशित समय : १४:२२ बजे



















