global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मोनालिशा ‘द गिफ्ट अफ चेस’की दूत नियुक्त

मोनालिशा ‘द गिफ्ट अफ चेस’की दूत नियुक्त

मोनालिशा ‘द गिफ्ट अफ चेस’की दूत नियुक्त

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको मान्यता प्राप्त अमेरिकी संस्था ‘द गिफ्ट अफ चेस’ले हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूलाई ‘नेपालका लागि दूत’ नियुक्त गरेको छ ।

न्यूयोर्क मुख्यालय रहेको सो संस्थाले आफ्नो ‘अफिसियल’ सामाजिक सञ्जाल एक्स र इन्स्टाग्राम अकाउन्टमार्फत् आज खम्बूलाई दूत नियुक्त गरिएको घोषणा गरेको हो । सो घोषणासँगै ३४ वर्षीया खम्बू नेपाली चेसमा अन्तरराष्ट्रिय संस्थाको पहिलो दूत बनेकी छन् । बोर्डभित्र र बाहिरको उपलब्धिका लागि खम्बूलाई दूत चयन गरेको गिफ्ट अफ चेसले जनाएको छ ।

उनको चेसमा दुई दशक बढी यात्राको कथा पोष्ट गर्दै गिफ्ट अफ चेसले खम्बूको माध्यमबाट नेपालका विद्यालय, जेल र सामुदायिक केन्द्रमा एक हजार चेस सेट वितरण गर्ने पनि उल्लेख गरेको छ । २०२० डिसेम्बरमा स्थापित परोपकारी संस्था गिफ्ट अफ चेस सन् २०३० सम्म विश्वभरि १० लाख चेस सेट वितरण गर्ने अभियानमा छ । उक्त संस्थाले ७० देशमा दुई लाख चेस सेट वितरण गरिसकेको जनाएको छ ।

खम्बू महिलातर्फ कीर्तिमानी पहिलो राष्ट्रिय चेस च्याम्पियन, हईएस्ट रेटेड खेलाडी (फिडे रेटिङ १८७७), पहिलो इन्टरनेसनल आबिर्टर (आईए) हुन् । १४ वर्षकी छँदै एसियन गेम्स (सन् २००६ दोहा)मा देशको प्रतिनिधित्व गरेकी उनले एसियन गेम्स दुई पल्ट, इन्डोर एसियन गेम्स तीन पल्ट, चेस ओलम्पियाड तीन पल्ट खेलेकी छन् ।

उनी चेस ओलम्पियाड (सन् २०२२ चेन्नाई) मा आर्बिटर बन्ने पहिलो नेपाली महिला पनि हुन् । नेपाल चेस महासङ्घमा उपमहासचिव रहेकी उनी विश्व चेस महासङ्घको फिडे कमिसन फर वुमेन्स चेसकी सदस्य पनि हुन् ।

दुई वर्षअघि स्थापना भएको हिमालयन चेस एकेडेमीमार्फत २०० भन्दा बढीले प्रशिक्षण लिइसकेका छन् ।

प्रकाशित समय : २०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु