गृहपृष्ठ प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव अत्यधिक मतले पारित
प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव अत्यधिक मतले पारित
प्रदेश ३ काे स्थायी राजधानी हेटौंडा कायम भएकाे छ । आइतबार प्रदेश सभामा भएकाे मतदानमा हेटौंडालाई राजधानी तोक्ने प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको हो ।
प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे । ३ सांसदले मात्र हेटौंडा स्थायी राजधानी बनाउन नहुने पक्षमा मत जाहेर गरेका थिए ।
हेटौंडाको पक्षमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राप्रपा, राप्रपा (संयुक्त)ले मत दिएका थिए । विवेकशीलले काभ्रेको धुलिखेल प्रस्ताव राखेको थियो । सो प्रस्तावमा विवेकशील दलका रमेश पौडेल, विराजभक्त श्रेष्ठ र साझा पार्टीकी शोभा शाक्यले मत दिएका थिए ।
विवेकशील र साझाले प्रदेशको नाममा भने समर्थन गरेका छन् । प्रदेश ३ काे नाम वाग्मती राख्न सबै दल सहमत छन् ।
पार्टी केन्द्रको निर्देशनअनुसार नेकपाका सांसदले राजधानी हेटौंडा कायम गर्न मत दिएका हुन् । प्रदेश ३ मा नेकपाको मात्रै ८० सांसद छन् । कांग्रेसको २२ सांसद छन् । प्रस्ताव पारित हुन ७४ मत आवश्यक थियो ।
प्रकाशित समय : १७:२४ बजे



















