global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्का विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ। यसअघि काठमाडौं जिल्ला अदालतले सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका खड्कालाई नेपाल प्रहरीको सीआईवीले आइतबार बिहान पक्राउ गरेको थियो । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।

आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु