global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा दीपा दाहाल नियुक्त भएको छ ।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा शुक्रबार नियुक्त भएको हो । खोजपत्रकार, लेखक एवं प्राध्यापक दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले आजैदेखि आफ्नो कार्यभार सम्हालेको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, अनुसन्धान र मिडिया व्यवस्थापनमा भूमिका निर्वाह गर्नेछ ।

दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन गरी पत्रकारिताका सबै विधामा २० वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ । उहाँले पछिल्लो समय उकालो डटकममा वरिष्ठ संवाददाताका रूपमा कार्य गर्दै आएको थियो ।

प्रकाशित समय : २२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु