गृहपृष्ठ मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ सुन्दरीजलबाट हिजो(बिहिबार)चोरीको मोटरसाइकल सहित १ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका ५ घर भइ हाल काठमाडौँको सुन्दरीजल बस्ने २७ वर्षीय सुजित कुमार सहनी रहेका छन् । बास्तबिक नम्बर बागमती प्रदेश ०२-०२२ प २५ ६७ रहेको उक्त मोटरसाइकल नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा सुन्दरीजल सडकखण्डमा फेला पारी सहनीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाइकल काठमाडौंको जोरपाटीबाट हराएको भनी काठमाडौं महानगरपालिका ६ बस्ने राजु लामाले खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
मोटरसाइकल सहित नियन्त्रणमा आएका सहनीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता,प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक सुवेदीले सम्पूर्णमा अनुरोध गरेका छन ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न अनुरोध गरिन्छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।
प्रकाशित समय : ११:५६ बजे



















