global ime bank Long Banner Ad

गृहपृष्ठ ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध

ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध

ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध

आज (बुधबार)देखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ।

मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन र दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यका साथ यो निर्णय कार्यान्वयनमा ल्याएको हो।

प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्दै वैकल्पिक र वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुरूप यो कदम चालिएको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित समय : ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु