global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ इनिशा मृत्यु प्रकरणमा नयाँ मोड : तीन नाबालकका परिवार आन्दोलनमा

इनिशा मृत्यु प्रकरणमा नयाँ मोड : तीन नाबालकका परिवार आन्दोलनमा

इनिशा मृत्यु प्रकरणमा नयाँ मोड : तीन नाबालकका परिवार आन्दोलनमा

सुर्खेत । बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा प्रकरणले नयाँ मोड लिएको छ । यसअघि प्रहरीले सामूहिक बलात्कार नभएको निष्कर्षसहित एकजनालाई मुख्य दोषी करार गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो ।

वीरेन्द्रनगर नगरपालिका–१ निवासी इनिशा गत २३ फागुनमा वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल पुर्‍याएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

घटनापछि प्रहरीले एक १६ वर्षीय किशोरलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । पक्राउ परेका किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तश्राव भई बेहोस भएको बयान दिएका थिए । यसै घटनामा संलग्न रहेको आशंकामा अन्य तीनजनालाई समेत पक्राउ गरिएको थियो ।

तर, सरकारी वकिल कार्यालयले भने आइतबार सामूहिक बलात्कार भएको भन्दै चारैजना नाबालकविरुद्ध मुद्दा चलाउने गरी अभियोगपत्र जिल्ला अदालतमा पेस गरेको छ ।

प्रकाशित समय : १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु