गृहपृष्ठ ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले टिकटकर सुनिता खड्का विरुद्ध दिए किटानी उजुरी
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले टिकटकर सुनिता खड्का विरुद्ध दिए किटानी उजुरी
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै उजुरी दर्ता गरेका छन्। उनले रास्वपाकी समर्थक बताइएकी सुनिता खड्का नाम गरेको व्यक्तिले टिकटकमार्फत ज्यान लिनेदेखि घर जलाउनेसम्मका धम्की दिएको आरोप लगाएका छन्।
गालीगलौज र धम्कीको विषयमा छानबिन गरियोस् भन्ने मागसहित साम्पाङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरोमा निवेदन दिएका हुन्।
‘निजलाई तुरुन्तै पक्राउगरी कडा भन्दा कडा कानूनी कारबाही चलाउन अनुरोध गर्दछु र म तथा मेरो परिवार र घरको सुरक्षाको निम्ति आवश्यक कार्य गर्नसमेत आग्रह गर्दछु,’ साम्पाङले भनेका छन् ।
प्रकाशित समय : १६:२४ बजे



















