गृहपृष्ठ अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा
काठमाडौं : अर्थ मन्त्रालयले एकैपटक ३० उपसचिवको सरुवा गरेको छ। मन्त्रालयको चैत १५ को निर्णयअनुसार ३० उपसचिवको सरुवा गरिएको हो।
सरुवा हुनेमा रामराज चौरसियालाई सुनसरी भन्सार कार्यालय, गोपाल भट्टराईलाई भन्सार विभाग, प्रमोद दासलाई सिरहा भन्सार कार्यालय, कृष्ण न्यौपानेलाई आन्तरिक राजस्व कार्यालय कृष्णननगर, केशव रघुवंशीलाई आन्तरिक राजस्व विभाग सरुवा गरेको हो।
प्रकाशित समय : १६:०४ बजे



















