global ime bank Long Banner Ad

गृहपृष्ठ सुनसरीमा हर्सोल्लासका साथ चैती छठ

सुनसरीमा हर्सोल्लासका साथ चैती छठ

सुनसरीमा हर्सोल्लासका साथ चैती छठ

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न स्थानमा हर्सोल्लासका साथ चैती छठ मनाएका छन् । इटहरी उपमहानगरपालिकाको बुढी खोलसहित इनरुवा, भोक्राहा, कोसी, हरिनगरलगायत स्थानमा चैती छठ मनाएका हुन् ।

नजिकको जलासय वा कृत्रिम जलासयको निर्माण गरेर मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका भक्तजन बुधबार बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापना भएका हो । छठको चौथो तथा अन्तिम दिन आज बिहान सूर्योदय हुनुअघि नै व्रतालुहरू कम्मरसम्म पानीमा डुबेर सूर्यदेवको आराधना गर्न व्यस्त रहेका थिए । हातमा ठेकुवा, भुसुवा, केरा र अन्य मौसमी फलफूल राखिएको बाँसको डाला र नाङ्लो बोकी सूर्यको किरण देखिने वित्तिकै दूध र जलले अघ्र्य अर्पण गरिएको थियो ।

अघ्र्य दिएसँगै व्रतालुले ३६ घण्टा लामो कठिन निर्जल व्रत गरी समापन गरेका छन् । जलाशयका घाटहरूलाई झिलिमिली बत्ती र ध्वजापताकाले आकर्षक ढङ्गले सजाइएको थियो । यस पर्वमा सूर्य र उनकी बहिनी छठी माईको पूजा गर्नाले पारिवारिक सुख, समृद्धि र आरोग्य प्राप्त हुने धार्मिक मान्यता छ ।

शरद ऋतुमा मनाइने कात्तिके छठ जत्तिकै व्यापक भए पनि पछिल्ला केही वर्षयता चैती छठ मनाउने परम्परामा उल्लेख्य वृद्धि भएको स्थानीय भक्तजन सुधिर साफीले जानकारी दिए । बजार क्षेत्रमा कृत्रिम पोखरी बनाएर र जलासय भएको ठाउँ नदी, खोला र पोखरीमा चैती छठ वर्तीले उदाउँदो सूर्यलाई अघ्र्य दिएको स्थानीय नेहा मण्डलले बताइन ।

प्रकाशित समय : १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु