global ime bank Long Banner Ad

गृहपृष्ठ रुपन्देहीमा एमालेको उत्साहजनक घरदैलो, जेनजी उमेर समूहदेखि पाका पुस्तासम्मको साथ

रुपन्देहीमा एमालेको उत्साहजनक घरदैलो, जेनजी उमेर समूहदेखि पाका पुस्तासम्मको साथ

रुपन्देहीमा एमालेको उत्साहजनक घरदैलो, जेनजी उमेर समूहदेखि पाका पुस्तासम्मको साथ

बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले रुपन्देहीमा घरदैलो तथा भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ । घरदैलो तथा भेटघाटमा निस्किएका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई जेनजी उमेर समूहका युवादेखि पाका पुस्ताले समेत फूल मालाले स्वागत गर्दै आर्सीवाद दिएका छन् ।

घरदैलो अभियान अन्र्तगत बिहीबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा भएको भेटघाटमा जेनजी युवाहरूले पौडेललाई फूल मालाले स्वागत गरे भने ज्येष्ठ नागरिकहरू उनलाई अँगालो मारेर आर्सीवाद दिन पुगे ।

पौडेललाई आशीर्वाद दिँदा उनीहरूको आँखामा आँसु छल्किएपछि स्वम् उम्मेदवार पौडेल नै अवाक भएका थिए । यसै गरी बुटवल–९ को कालिका पथ अन्तरगत रहेका दर्जनौँ स्थानबाट टीका, माला र खादा लिएर पौडेलको पर्खाइएमा रहेका भिडहरूमा जेनजी युवाहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीको नेतृत्वमा बिहीबार आयोजित घरदैलोमा सयौँको सङ्ख्यामा एमाले कार्यकर्ता तथा शुभचिन्तकहरू सडकमा ओर्लिएका थिए । उम्मेदवार पौडेललाई स्वागत गर्न प्रायजसो घर–घरबाट मतदाताहरू स्किएर उत्साहपूर्ण सहभागिता जनाएका थिए ।

घरदैलो कार्यक्रम अन्तरगत आयोजित छोटो कोणसभामा सम्बोधन गर्दै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवलको कालिका पथलाई रात्रिकालीन बजारको रूपमा विकास गर्नका लागि आवश्यक भौतिक पूर्वाधार विकास गरिने प्रतिबद्धता गरे ।

‘बुटवलको कालिका पथलाई दिन र रात एकै हुने गरी उज्यालो सहरको रूपमा विकास गर्नुपर्नेछ । त्यसका लागि आवश्यक सडक बत्ती जडान, सुरक्षा व्यवस्था तथा आवश्यक सम्पूर्ण व्यवस्था गरिनेछ,’ पौडेलले भने । बुटवललाई पर्यटकीय सहरको रूपमा नमुना बनाउने गरी योजना अघि बढाइने छ ।

यसै गरी पौडेलले बुटवल र समग्र रुपन्देहीको विकासका लागि आवश्यक योजनाहरू अघि बढी रहेको बताउँदे आफ्नोतर्फबाट गर्न बाँकी केही भएमा सुझाव प्रस्तुत गर्न वा लेखेर दिन मतदाताहरूलाई आग्रह गरे ।

बुटवलको विकास लागि तिनाउ नदीको व्यवस्थापन गरी पर्यटनको क्षेत्रमा विकास गरिने उनले बताए । ‘तिनाउ नदीको कटान रोक्नका लागि चेकवाल निर्माणको काम भइरहेको छ । अब यो नदीलाई अभिसाप होइन परदान हो भन्ने मानक स्थापित गर्ने गरी विकासको काम अघि बढ्छ’, पौडेलले भने । निर्वाचनको मिति नजिकिँदै गर्दा एमालेप्रति मतदाताको आकर्षण बढ्दै गएको नेताहरूको दाबी छ ।

एमाले रुपन्देही क्षेत्र नम्बर–२ को निर्वाचन परिचालन कमिटीका सह–संयोजक तथा युवा परिचालन कमिटीका संयोजक राजु गुरुङले जित निश्चित भएको दाबी गरे । जनताको सात र उत्साहले पनि उक्त कुरालाई सङ्केत गरेको उनको दाबी छ ।

प्रकाशित समय : १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु