nmb bank

गृहपृष्ठ साम्बाको उपचारका लागि कृषि विकास बैंकले दियो १० लाख

साम्बाको उपचारका लागि कृषि विकास बैंकले दियो १० लाख

साम्बाको उपचारका लागि कृषि विकास बैंकले दियो १० लाख

कृषि विकास बैंक लिमिटेडको आफ्नो संस्थाको ब्राण्ड एम्बेसडर सहित रहेकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) लाई उपचारका लागि १० लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । उनी वेलिंगटन फिनिक्स क्लवमा आवद्ध छिन् ।

उनी आवद्ध क्लवबाट फुटवल खेल्ने क्रममा उनको घुडामा गम्भीर चोट लागेको थियो । करिव दुई महिनासम्म पनि आर्थिक अभावका कारण घुडाको शल्यक्रिया गर्न नसकेपछि उनले सार्वजनिक रुपमा नै सहयोगको लागि सोमबार सार्वजनिक रुपमा नै अपिल गरेकी थिइन ।

उनले घुडाको आवश्यक जटिल शल्यक्रिया तथा पुनःस्थापनाका लागि सार्वजनिक रूपमा सहयोगको अपिल गरेपछि बैंकले मंगलबार उक्त रकम हस्तान्तरण गरेको हो ।

बैंकका अनुसार ब्रान्ड एम्बासेडरसमेत रहेकी साम्बाको उपचार र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको हो । साथै, उनको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गर्दै चाँडै नै नेपाली राष्ट्रिय टोलीको जर्सीमा मैदानमा फर्किएको देख्न पाइने विश्वास बैंकले व्यक्त गरेको छ ।

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु