nmb bank

गृहपृष्ठ कजारियाको नयाँ शोरूम जनकपुरमा खुल्यो

कजारियाको नयाँ शोरूम जनकपुरमा खुल्यो

कजारियाको नयाँ शोरूम जनकपुरमा खुल्यो

प्रिमियम तथा नवीन डिजाइनका टायल उत्पादनमा ब्रान्ड कजारियाले जनकपुरमा नयाँ शोरूम विस्तार गरेको छ । बाबा अटोमाटा ट्रेडिङले जनकपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो । उक्त शोरूममार्फ जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रति बढ्दो मागलाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ ।

शुक्रबार विशेष समारोहकाबीच कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालद्वारा रिबन काटेर शोरुमको उद्घाटन गरिएको हो । उक्त अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक अग्रवालले क्षेत्रीय ग्राहक तथा व्यावसायिक साझेदारको निरन्तर विश्वासप्रति आभार व्यक्त गर्दै कजारियाको स्थानीय विकासमा योगदान रहेको बताए ।

उनले भने, ‘कजारिया जस्ता प्रतिष्ठित ब्रान्डको जनकपुरजस्ता प्रमुख शहरमा विस्तार हुनु नेपालका निर्माण तथा पूर्वाधार क्षेत्रमा बढ्दो सकारात्मक गतिशीलताको संकेत हो । यस्ता पहलले उपभोक्तालाई गुणस्तरीय तथा विश्वसनीय उत्पादनमा पहुँच प्रदान गर्नुका साथै रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक वृद्धिमा समेत टेवा पु-याउनेछ ।’

जनकपुरको प्रमुख स्थानमा अवस्थित नयाँ शोरूममा कजारियाका प्रिमियम टायल संग्रह आकर्षक र व्यवस्थित रूपमा प्रदर्शित गरिएको कम्पनीले जनाएको छ । ग्राहकले आवासीय, व्यावसायिक तथा आर्किटेक्चरल प्रयोगका लागि उपयुक्त विविध डिजाइन तथा शैली आधुनिक र ग्राहक–मैत्री वातावरणमा अवलोकन गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु