गृहपृष्ठ मधेस प्रदेशसभाले लोकतन्त्र सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छः प्रदेश प्रमुख कर्ण

मधेस प्रदेशसभाले लोकतन्त्र सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छः प्रदेश प्रमुख कर्ण

मधेस प्रदेशसभाले लोकतन्त्र सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छः प्रदेश प्रमुख कर्ण

मधेस–प्रदेशका प्रमुख डा सुरेन्द्रलाभ कर्णले मधेस–प्रदेशसभाले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्दै जनताको अधिकार सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन ।

जनकपुरधामस्थित मधेस–प्रदेशसभामा आज आयोजित प्रदेशसभाको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख डा कर्णले लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण, सुशासन प्रवद्र्धन तथा जनअपेक्षाअनुसार कानुन निर्माणमा प्रदेशसभाको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए । उनले संविधानले परिकल्पना गरेका अधिकारको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकको जीवनस्तर उकास्न प्रदेशसभा प्रतिबद्ध रहनुपर्ने उल्लेख गरे ।

सोही अवसरमा मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभामार्फत बनेका कानुनहरूले मधेस–प्रदेशको समग्र विकास, सामाजिक न्याय र समावेशिताको आधार तयार गरेको उल्लेख गरे । उनले प्रदेश सरकारले प्रदेशसभासँग समन्वय र सहकार्य गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा प्रभावकारी कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी दिए । मुख्यमन्त्री यादवले राजनीतिक स्थायित्व, पारदर्शिता र जवाफदेहितालाई सुदृढ गर्दै सङ्घीय लोकतान्त्रिक प्रणालीलाई थप बलियो बनाइने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित समय : २१:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु