global ime bank Long Banner Ad

गृहपृष्ठ धरानमा बक्सिङ फाइट नाइट प्रतियोगिता हुँदै

धरानमा बक्सिङ फाइट नाइट प्रतियोगिता हुँदै

धरानमा बक्सिङ फाइट नाइट प्रतियोगिता हुँदै

धरान ।  खेल प्रवर्द्धन तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले धरानमा यही माघ २३ गते बक्सिङ ‘फाइट नाइट २०२६’ प्रतियोगिता आयोजना हुने भएको छ ।

धरान बक्सिङ संस्थाको आयोजनामा धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङको चुम्लुङहिम हलमा बक्सिङ ‘फाइट नाइटको दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो । साँझ ४ बजेदेखि सुरु हुने प्रतियोगितामा साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको आयोजकले जनाएको छ ।

धरानमा बक्सिङ खेलको विकास, विस्तार र प्रवर्द्धन गर्दै युवालाई खेलमार्फत अनुशासित, सक्रिय र सामाजिक रूपमा जिम्मेवार बनाउने उद्देश्यसहित २०८१ सालमा धरान बक्सिङ संस्था स्थापना गरिएको संस्थाका सचिव महेश आलेमगरले बताए।

प्रतियोगितामा खेलाडीहरूले प्रोफेसनल र एमेचर गरी दुई विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रोफेसनल प्रतिस्पर्धामा कोशी प्रदेशअन्तर्गत धरान, धनकुटा, सशस्त्र प्रहरी बल ९एपिएफ० र नेपाल प्रहरी क्लबका खेलाडी सहभागी हुनेछन् । बागमती प्रदेशबाट काठमाडौँ र मकवानपुरका खेलाडीको सहभागिता रहनेछन् भने एमेचर विधातर्फ धरान, धनकुटा, उदयपुर र झापाका खेलाडी सहभागी हुने सचिव मगरले जानकारी दिए ।

प्रतियोगिताको प्रोफेसनल तर्फको विजेताले नगद ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद २५ हजार र प्रमाणपत्र पाउनेछन् । एमेचर विधातर्फ विजेताले नगद  १० हजार, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद रु पाँच हजार र प्रमाणपत्र प्राप्त गर्ने छन् साथै एक जना खेलाडी बराबर पाँच लाखको इन्स्योरेन्ससमेत गरिने मगरले बताए।

प्रकाशित समय : ०६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु