global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘सहिदको त्यागलाई दलले उपेक्षा गर्दा युवाको विद्रोह’

‘सहिदको त्यागलाई दलले उपेक्षा गर्दा युवाको विद्रोह’

‘सहिदको त्यागलाई दलले उपेक्षा गर्दा युवाको विद्रोह’

बागमतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुलुकको स्वतन्त्रता, संसदीय प्रजातन्त्रको स्थापना र नागरिकलाई अधिकार दिलाउन सहिदहरूको त्याग, तपस्यालाई राजनीतिक नेतृत्वले उपेक्षा गर्दा गत भदौ २३/२४ मा जेनजी विद्रोह भएको बताएका छन ।

उनले सहिद दिवसका अवसरमा बागमती प्रदेश मूल समारोह समिति मकवानपुरद्वारा आज हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रलाई दिगो शान्ति ल्याउन र प्रजातान्त्रिक संस्कार पुनःस्थापना गर्न आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सबै नेपालीको सकारात्मक सहयोग हुनुपर्नेमा जोड दिए ।

प्रदेश प्रमुख देवकोटाले युवापुस्ता कसैको उक्साहटमा नलागी राष्ट्रको सार्वभौमसत्ता सुरक्षित राख्न र आपसी सहिष्णुता कायम राख्नतर्फ एकढिक्का हुनुपर्ने बताए ।

सो अवसरमा बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहिदहरूले आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर राष्ट्रमा प्रजातान्त्रिक अधिकार स्थापित गराउन गरेको जीवन उत्सर्गलाई युवापुस्ताले प्रेरणाका रूपमा लिनुपर्ने बताए ।

उनले प्रदेश सरकारले युवाहरूको भावनालाई आत्मसात् गरेर प्रदेशमा सुशासन ल्याउने र भ्रष्टाचारजन्य कार्यलाई न्यूनीकरण गर्नेतर्फ प्रदेश सरकारको प्रमुख लक्ष्य रहेको बताए।

उक्त अवसरमा बागमतीमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीले मौजुदा सविधानलाई पुनः लिकमा ल्याउन आसन्न निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले बाह्य शक्तिको बढ्दो चलखेलको प्रभावले अहिले राष्ट्रियतामाथि सङ्कट आउन सक्नेतर्फ सबै नेपाली सचेत रहन अनुरोध गरे ।

प्रदेशप्रमुख देवकोटाले सहिद स्मारक विकास समितिद्वारा आयोजित चन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित बालकुमारी थापा स्मृति प्रतिष्ठानका अध्यक्ष जुनेली श्रेष्ठलाई २५ हजार नगदसहित प्रंशासापत्र वितरण गरे । सहिद दिवसको अवसरमा नवलपुरस्थित सहिद स्मारक परिसरबाट आज बिहान निस्केको प्रभातफेरी सहिद स्मारकमा पुगेर सभामा परिणत भएको थियो ।

प्रकाशित समय : १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु